पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको सुरक्षा पूर्ण विश्वसनीय
2022-02-02 16:34:04cri
Share with:

 

“पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुद एक सुरक्षित खेलकुद हुने छ।”पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको चिकित्सा टोलीका प्रथम विशेषज्ञ म्याकक्लोस्कीले यसरी मूल्याङ्कन गरेका हुन्। उनको विचारमा पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदमा महामारी रोकथाम तथा प्रतिरोध प्रणाली सहज रूपमा चलिरहेको छ भने पूर्ण रुपमा विश्वास गर्नसकिन्छ। म्याकक्लोस्कीको विश्वासमा उनले पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको महामारी रोकथाम काममा गहिरो रुपमा भाग लिएबाट आएको हो। हाल नयाँ कोरोना भाइरस निरन्तर विश्वव्यापी फैलिँदै छ। महामारी यता तालिका बमोजिम आयोजित पहिलो ग्लोबल मिजिलुली खेलकूद समारोहको रुपमा पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदले महमारीको रोकथामको कामलाई निकै जोड दिएको छ। चीनले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद,अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुद समिति र पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिद्वारा सार्वजनिक《महामारी रोकथाम पुस्तिका》बमोजिम विभिन्न रोकथाम कदम लागू गर्दै सक्दो प्रयासमा सम्बन्धित विभिन्न क्षेत्रको सुरुक्षाको प्रत्याभूति गरिरहेको छ। तापनि केही पश्चिमी मिडियाले चीनको प्रयासलाई कालो बनाउँदै हिउँदे ओलम्पिक खेलकुदमा नकारात्मक प्रभाव पार्ने कुचेष्टा गरेका छन्।

वास्तविक्ताबाट प्रमाणित छ:सबै दुर्भावनापूर्ण निन्दाहरू विफल हुने छन्। हाल ३०भन्दा बढी अन्तर्राष्ट्रिय उच्च राजनीतिज्ञहरुले पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुका साथै यस सम्बन्धी कार्यक्रमहरुमा भाग लिन निश्चित गरेका छन्। यो चीनको महामारी प्रतिरोधी उपलब्धिको सकारात्मक पुष्टि मात्र होइन पैचिङ्ग हिउँदे ओलम्पिक खेलकूदको सुरक्षित संयोजनप्रति पूर्ण विश्वास पनि प्रतिबिम्बित भएको छ।