स्वयंसेवकलाई हार्दिक धन्यवाद
2022-02-25 10:37:00CRI
Share with:

फेब्रुअरी २० तारिख पैचिङ हिउँदे ओलम्पिकको समापन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले विशेष गरी चिनियाँ भाषामार्फत् “स्वयंसेवकलाई धन्यवाद” व्यक्त गर्नुभएको छ।

हिउँदे ओलम्पिकको अवसरमा प्रतियोगितास्थलमा मात्र १८ हजार जना र त्यसबाहेक २ लाखभन्दा बढी स्वयंसेवकले विभिन्न क्षेत्रमा सेवा प्रदान गरेका थिए।  

हिउँदे ओलम्पिकपछि विभिन्न देशका खेलाडीहरूले पनि सामाजिक सञ्जालमा पोस्ट गरी स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेका छन्।

 

चीनमा अध्ययनरत् बङ्गलादेशकी विद्यार्थी सुल्ताना टाहोमिनालाई बङ्गाली, चिनियाँ, अंग्रेजी, जर्मनी, हिन्दी र अरबी भाषा आउँछ। कसैलाई भाषामा कठिनाइ भएमा उनले सधैँ उत्सुकतापूर्वक अनुवादमा सहयोग गरेकी थिइन्।

 

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाख र स्वयंसेवकहरू

 

    अमेरिकी खेलाडी र स्वयंसेवकहरू

जापानी खेलाडीले यसरी सामाजिक सञ्चालमा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेकी छिन्।

क्यानाडेली खेलाडी र स्वयंसेवकहरू