६९ वर्षको उमेरमा सगरमाथाको शिखरमा पुग्ने अपाङ्ग खेलाडी पारा ओलम्पिकको ज्वालावाहक
2022-03-03 16:04:50cri
Share with:

सन् १९७५ मा चिनियाँ आरोही स्या प्व युले २६ वर्षको उमेरमा सगरमाथा आरोहणको क्रममा आफ्नो खुट्टा गुमाउनुभएको थियो। त्यस पछि पनि उहाँले सगरमाथाको सफल आरोहणकालागि निरन्तर प्रयास गर्नुभएको थियो। सन् २०१८ मा आएर ६९ वर्षको उमेरमा उहाँले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।

हाल, उहाँ पैचिङ पारा ओलम्पिक खेलकुद समारोहको ज्वालावाहक बन्नुभएको छ। धेरैभन्दा धेरै मानिसहरू खेलकुदमा सहभागी हुने उहाँको आशा छ।