गत वर्ष चीनको अर्थतन्त्रबाट विश्वले के के पायो?
2022-03-03 16:02:06cri
Share with:


चीन राष्ट्रिय तथ्याङ्क व्यूरोले फेब्रुअरी २८ तारिख ‘गार्हस्थ्य आर्थिक सामाजिक विकास सम्बन्धि तथ्याङ्क २०२१’सार्वजनिक गरेको छ। सन् २०२१ मा चीनको अर्थतन्त्रको वृद्धि दर ८.१ प्रतिशत पुगेको छ र प्रतिव्यक्ति जीडीपी वृद्धि दर ८ प्रतिशत पुगेको छ। विश्वमा दोस्रो ठूलो आर्थिक एकाइ चीन नै रहेको छ। ती उपलब्धिहरूबाट विश्वको अर्थतन्त्रको पुनरूत्थानमा ठूलो सकारात्मक उर्जा समेत थपिएको देखिन्छ।

   सन् २०२१ मा चीनको अर्थतन्त्रका सामु धेरै स्वदेशी तथा विदेशी दबाव देखापरेको छ। यस्तो पृष्ठिभूमिमा ८.१प्रतिशतले चीनको अर्थतन्त्र वृद्धि भएको छ। औसत प्रतिव्यक्तिको कूल गार्हस्थ्य उत्पादन ८ प्रतिशत पुगेको छ। विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीनको आर्थिक वृद्धिले पुनरुत्थान खोजिरहेको विश्व अर्थतन्त्रमा शक्तिशाली ऊर्जा थपेको छ।

साथै चीनको अर्थतन्त्रले विश्व अर्थतन्त्रलाई वास्तविक टेवा दिएको छ। सन् २०२१ मा विश्वको आर्थिक वृद्धिको लागि चीनको अर्थतन्त्रले दिएको योगदान दर २५ प्रतिशत पुगेको छ। चिनियाँ उत्पादित वस्तुको आयात निर्यात लगातार ५ वर्षसम्म विश्वमा मालसामान व्यापारको पहिलो स्थानमा रहिरहेको छ जसबाट विश्वमा चिनियाँ उत्पादनको माँग छ भन्ने स्पष्ट हुन्छ र चिनियाँ सर्वसाधारणले पनि विश्वका उत्पादित वस्तुको माग सिर्जना गरिरहेका छन्।

विश्वव्यापीका उद्यमीहरूका लागि चिनियाँ बजारबाट प्रदान गरिएको विद्यमान माँगको संरक्षण मात्र होइन माँग बढाउने मौका पनि हो। महामारीको प्रभाव तथा विश्वव्यापी लगानीको मन्दीको पृष्ठभूमिमा सुपर बजार चीनमा पाइने नयाँ मौकाहरूबाट बढीभन्दा बढी अन्तर्देशीय कम्पनीहरूलाई आकर्षित गराइरहेको छ।

सन् २०२१ मा बेल्ट एण्ड रोडको निर्माणले धेरै सम्बन्धी तटवर्ती मुलुक विशेष गरी विकासोन्मुख मुलुकका लागि व्यापार, लगानी तथा रोजगार अवसर सिर्जना गरेको छ। सम्बन्धी तथ्याङ्कअनुसार सन् २०२१ मा चीनले बेल्ट एण्ड रोडका तटवर्ती मुलुकका लागि जम्मा गरी ११६ खर्ब अमेरिकी डलर सिर्जना गरेको छ। सन् २०२० को तुलनामा २३.६ प्रतिशतले बढेको छ। गत वर्षको डिसेम्बरमा चीन लाओस रेलमार्ग सञ्चालनमा आएको छ। लाओसको राजधानी भेन्टियानबाट चीनको खुन मिङ शहरबीचको रसद लागत ४०देखि ५० प्रतिशतसम्म घट्ने अनुमान छ। बेल्ट एण्ड रोडले सम्बन्धी तटवर्ती मुलुकको विकास इच्छालाई मिलाउँदै पारस्परिक फाइदा सिर्जना गरिरहेको छ।

सन् २०२२ मा लामो समयसम्म चीनको अर्थतन्त्र राम्रो हुँदै जाने प्रवृत्तिमा परिवर्तन भएको छैन। अनिश्चित विश्वमा चीनको अर्थतन्त्रले निश्चितता प्रदान गर्ने भूमिका निर्वाह गर्दै विश्वको अर्थतन्त्रको पुनरूत्थानको लागि अझ बढी निश्चितता थप्दै जाने छ।