आरोहीको दोस्रो रोजाईमा धौलागिरी हिमाल, १३ जना विदेशी आरोही बेसक्याम्पतर्फ प्रस्थान
2022-03-15 16:13:11CRI
Share with:

कोरोनाले थलिएको पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ। म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको हो। हिमाल आरोहणको सिजन सुरू भएसँगै म्याग्दीमो धवलागिरी गाउँपालिका-४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणको लागि १३ जना विदेशी आरोहणी सहितको टोली प्रस्थान गरेको नागरिकन्यूज डटकमले जनाएको छ।

 

इमेजिङ नेपाल नामक ट्रेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी एवम् सामान ढुवानीकर्ता इन्द्रसिंह शेरचनले बताउनुभयो।सिजनकै सुरुमा यो राम्रो संकेत हो,‘कोरोनाकोबीचमा पनि आरोही आउन थालेका छन्,‘अहिले हेलिकप्टरबाट समान ढुवानी भइरहेको छशेरचनले भन्नुभयो। ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांस पैदलमार्ग हुनै बेसक्याम्प सम्म पुग्ने गरेका छन्।

 

धौलागिरी हिमाल रघुगंगा गाउँपालिकाको सिमानासँग समेत जोडिएको भएपनि आरोहीको सिधा रुट नै मुदी लगायत आसपासका क्षेत्र हुदै बेसक्याम्प नै पुग्ने गर्दछन्। छिमेकी जिल्ला मुस्ताङबाट समेत हिमालमा पुग्ने गरिएपनि आरोहणका लागि पश्चिम म्याग्दी हुदै आधार शिविरमा सजिलो र सुन्दर रुट पर्छ। सन् १९६० मे महिनाको १३ तारिकमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरीको आरोहण गरेका थिए।

कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन ब्यवसायी समेत उत्साहित भएका छन्।

स्थानीय भुधरातालमा भएको अग्लाईको आधारमा धौलागिरी जस्त अर्को हिमाल विश्वमै नभएकाले पनि आरोही आर्कषित हुने गरेका पर्यटन व्यवसायीको भनाई छ। ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल कालिगण्डकी गल्छीको वारीपारी रहेकाले पनि पर्यटकलाई अवलोकन तथा आरोहणको रोजाईमा पर्छन्। म्याग्दीमा रहेको हिमालको रोयल्टीको हिस्सा भने मुस्किलले म्याग्दीमा आउँछ। आरोहीहरूले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहण वापतको रोयल्टी तिर्नुपर्ने हुन्छ। 

 

त्यस्तै उत्तरी म्याग्दीमा अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्ण हिमालको अवलोकनका लागि समेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। त्यस्तै धवलागिरी गाउँपालिकामा रहेको गूर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च समेत ठूलो भएपनि जिल्लामा त्यसको फाईदा पुग्न सकेको छैन्।

 

धवलागिरी गाउँपालिक वडा नं १ मा अवस्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गूर्जामा आरोहीको चहलपहल हुन सकेको छैन् भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन्।