नेपालमा कोरोना संक्रमण मत्थर, अस्पताल भर्ना हुने सिकिस्त बिरामीको संख्यामा उल्लेख्य कमी
2022-03-16 15:48:16CRI
Share with:

कोभिड१९ को तेस्रो लहर मत्थर भएसँगै संक्रमण र फैलने दरमा पनि निकै कमी आएको छ। हाल एकजना संक्रमितले एकभन्दा कम व्यक्तिलाई संक्रमण सारिरहेको देखिएको छ। पछिल्ला दिन कोभिडका कारण मृत्यु हुने संख्या पनि नगण्य छ स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातायता गत शुक्रबार मात्र कोभिड संक्रमणले एकजनाको मृत्यु भएको छ

 

हाल कोभिडको ट्रान्समिसन रेट (प्रसार दर) ०.९१ देखिएको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भन्नुभयो, ‘एकजना संक्रमितले एकभन्दा कम व्यक्तिमा रोग सारिरहेको छ कोभिडको संक्रमण र मृत्यु दरमा कमी आएसँगै अस्पताल भर्ना हुने संख्यामा पनि उल्लेख्य कमी आएको छ

 

विज्ञहरूका अनुसार तत्काल कुनै नयाँ खतरनाक भेरिएन्ट नदेखिएसम्म यथास्थितिमा कोभिड संक्रमण विस्तार हुने सम्भावना छैनकोभिडको संक्रमण देखिराखिए पनि डराउनुपर्ने अवस्था छैन,’ वरिष्ठ जनस्वास्थ्य विज्ञ डा.राजेन्द्र बीसी भन्नुहुन्छ, ‘अधिकांशले खोप लगाएका छन्, नयाँ भेरिएन्ट नआएसम्म हाल कोभिड रुघाखोकी जस्तै देखिन्छ, तत्काल आत्तिनुपर्ने अवस्था छैन

 

केही दिनयता दैनिक संक्रमण दर औसत एकदेखि डेढ प्रतिशत मात्र छ। गएको एक साता पीसीआर परीक्षणबाट देखिएको कोभिडको दैनिक संक्रमण दर न्यूनतम ०.९३ प्रतिशतदेखि अधिकतम १.४१ प्रतिशतसम्म देखिएको छ। एन्टिजेन परीक्षणअन्तर्गत एक सातायता कोभिडको दैनिक संक्रमण दर ०.३६ प्रतिशतदेखि अधिकतम ४.९४ प्रतिशतसम्म देखिएको छ

 

तेस्रो लहरअन्तर्गत गत माघ १३ गते हालसम्मकै सबैभन्दा बढी ९० हजार ५ सय ७५ सक्रिय संक्रमित रहेकामा मंगलबार ४ हजार ७ सय ७४ मात्र सक्रिय संक्रमित छन्

 

संक्रमण मत्थर भएसँगै अस्पताल भर्ना हुने सिकिस्त बिरामीको संख्या पनि उल्लेख्य घटेको छ। हाल देशभर सरकारी र निजी अस्पतालका आईसीयूमा ३० र भेन्टिलेटरमा ६ जना उपचाररत छन्। जसमध्ये वाग्मती प्रदेशमा ४३ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा छन् भने सुदूर पश्चिममा ४ जना आईसीयूमा छन। स्वास्थ्य मन्त्रायका अनुसार प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी र कर्णालीमा सघन उपचारमा एक जना पनि कोभिडका बिरामी छैनन्

 

अहिलेसम्म कुल जनसंख्याको झन्डै दुई तिहाइ (६३.५ प्रतिशत) जनसंख्याले कोभिडविरुद्घको पूर्ण र तीन चौथाइ (७४.८ प्रतिशत) ले एक मात्रा खोप लिएका छन्। संक्रमणमा कमी आए पनि अझै जोखिम कायमै रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ कान्तिपुर।