सगरमाथाको आरोहणका लागि बाटो बनाउने विशेषज्ञहरू आधार शिविरतर्फ
2022-03-17 15:33:31CRI
Share with:

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि बाटो बनाउन विशेषज्ञ आइसफल डाक्टरहरुको टोली आधार शिविर प्रस्थान गरेको छ । आरोहणको सिजन सुरु हुनै लाग्दा अनुभवी शेर्पा (आइसफल डाक्टर)हरुको टोली दुई वर्षपछि सगरमाथा आधार शिविर प्रस्थान गरेको हो ।

 

कारोनाले आरोहण ठप्प रहेको सगरमाथामा बाटो बनाउन आङसर्की शेर्पाको नेतृत्वमा ८ सदस्यीय टोली नाम्चेबाट हिँडेको कान्तिपुर अनलाइनले जनाएको छ। खुम्बु पासाङल्हमु गाउँपालिका२ का शेर्पासँग सगरमाथा क्षेत्रमा बाटो बनाएको १७ वर्षको अनुभव छ ।

 

सन् २०२० मा कोरोनाले पर्यटन क्षेत्र ठप्प हुँदा बाटो बनाउने काम भएको थिएन। दुई वर्ष अगाडि बनाएको मार्ग हिउँले पुरिएकाले यो वर्ष बाटो बनाउन कठिन हुने अनुमान गरिएको छ। आइसफल डाक्टरहरुको टोलीलाई आवश्यक प्राविधिक उपकरणसहित सगरमाथा प्रदुषण नियन्त्रण समिति, एसपीसीसीले बिदाइ गरेको छ । उक्त टोलीले पाङबोचो गुम्बामा पूजा गरेर अहिले आधार शिविरतर्फ लागेको छ । शेर्पा समुदायले देउताको रुपमा पुज्ने हिमाल आरोहणको शिलिशिलामा केही खराबी नहोस् भनेर बाटो बनाउनुअघि जहिल्यै पनि पाङबोचे गुम्बामा विशेष पूजा गर्छौँ,’ टोली नेता शेर्पाले भन्नुभयो

 

उक्त टोलीले बौद्ध परम्पराअनुसार हिमालको प्रार्थना र पूजा गरेर मात्रै बाटो बनाउने काम सुरु गर्छ। लामालाई साइत हेराएपछि सोही साइतको समयमा बाटो बनाउने काम सुरु गर्छौं, ’ हाँले भन्नुभयो । हिमालमा बाटो बनाउने कामलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ। उनीहरुको टोलीले दोश्रो आधार शिविरसम्म डोरी टाग्ने र अप्ठ्यारो ठाउँमा भऱ्याङ हाल्ने काम गर्छ । सोही बाटोमा आरोहीहरुले सहजताका साथ आरोहण गर्छन् ।

 

सगरमाथाको दोश्रो आधार शिविरसम्म बाटो बनाउन २० दिनको समय लाग्ने समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयोअबको २० २२ दिनमा सगरमाथामा बाटो तयार हुन्छ,’ हाँले भन्नुभयो। सगरमाथा क्षेत्रमा बाटो बनाउने र सरसफाइको काम सगरमाथा प्रदुषण नियन्त्रण समितिले गर्दै आएको छ । सो बापत समितिले आरोहणदलमा आउने प्रत्येक विदेशी नागरिकसँग ६ सय अमेरिकी डलर लिन्छ ।

 

हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौँ,’ उपाध्यक्ष शेर्पाले भन्नुभयो, ‘पर्यटन मन्त्रालयसँगको सम्भौतामा सबै गरिरहेका हौँ, हाम्रो आम्दानीको मुख्य स्रोत नै प्रति विदेशी पर्यटक ६ सय डलर हो ।समितिले नेपाली आरोहीबाट भने शुल्क लिने गरेको छैन । कोभिड महामारी मत्थर भएसँगै विदेशी पर्यटक घुम्न र हिमाल आरोहणका लागि नेपाल आउने क्रम सुरु भएको छ । अबको दुई साता पछि भने खुम्बु क्षेत्रमा ओरोही पनि आउन थाल्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।