चिवतनमा कृषि कर्जा मेला हुने
2022-03-17 15:34:36CRI
Share with:

चितवनमा कृषि कर्जा मेला ९ देखि १२ चैतसम्म हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले पत्रकार सम्मेलन गरी ९ देखि १२ चैतसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको कारोबार अनलाइनले जनाएको छ

मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा ५ औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताउनुभयो। उहाँले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्नसक्ने वातावरण सिर्जना हुने बताउनुभयो

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताउनुभयो। सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै उहाँले सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताउनुभयो।

 

कार्यकारी निर्देशक शर्माले भन्नुभयो, “पछिल्लो समय कृषिमा बैंक तथा वित्तीय संस्थाहरुको बढी नै जोड छहाँभन्नुभयो, “कृषिदेखि लिएर साना मझौला कर्जाहरुमा बैंकहरुको बढी नै जोड छ । हामीले त्यसमा लगानी बढाउँदै लगिरहेका छौँ ।हाँले बैंकहरु कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनुभयो।