नेपाल र भारतका सीमा नाकामा बनाउने भनिएको अन्तरदेशीय रेलमार्ग निर्माण १२ वर्षदेखि अलपत्र
2022-03-19 16:05:04CRI
Share with:

नेपालभारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माण गर्न समझदारी भएको १२ वर्ष बित्दा पनि काम अघि बढ्न सकेको छैन। नेपाल र भारत सरकारबीच सन् २०१० मा पाँच वटा नाकामा रेलवे पूर्वाधार निर्माण गर्ने भन्दै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। अहिले दुई वटामा मात्र काम अघि बढाइएको छ। काम अघि बढाए पनि कतै जग्गाको समस्या त कतै मुआब्जा नै वितरण हुन सकेको छैन

 

तीनवटा नाकामा भने अहिलेसम्म अध्ययनको काम हुन सकेको छैन। सबै नाकामा भारत सरकारको अनुदानमा रेलवे पूर्वाधार निर्माण हुनेछन्। अहिले जोगवनीविराटनगर र जयनगरजनकपुरबर्दिबाससम्म रेलवेको निर्माण भारतको इरकान इन्टरनेसनल लिमिटेडले गरिरहेको छ। यसमा जोगवनीविराटनगर खण्डको १८ किमिमध्ये १० किमिको काम सकिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिनुभयो। आठ किमि खण्डमा काम हुँदै छ। स्टेसन रहने कटहरीमा काम भइरहेको छ। उक्त खण्डमा भने जग्गाको विवाद नसकिएकाले कामको रफ्तार बढ्न सकेको छैन

 

कान्तिपुर अनलाइनका अनुसार धेरै ठाउँमा जग्गा नै मुख्य समस्या बन्दै आएको छ। जयनगरजनकपुरकुर्थासम्मको ३५ किमिमा भने रेल चल्ने गरी काम सकिइसकेको छ। कुर्थाबिजलपुराको १७ किमि खण्डमा ९५ प्रतिशत काम सकिइसकेको भट्टराईले जानकारी दिनुभयो। बिजलपुराबर्दिबाससम्म १७ किमिमा मुआब्जा वितरणको काम सुरु भएको उहाँको भनाइ छ। कतिपय ठाउँमा मुद्दामामिलाले गर्दा पनि समस्या भएको रेल विभागले जनाएको छ

 

बर्दिबासको रेल स्टेसनका लागि ६ वर्षअघि जग्गा रोक्का भएको थियोतर बल्ल मुआब्जा निर्धारण भएको छ, त्यसमध्ये पनि केही जग्गामा मुद्दा परेको छ,’ भट्टराईले भन्नुभयो, ‘समस्या नरहेको जग्गाको मुआब्जा वितरण थालिएको छभारतीयहरूले डिजाइन तयार गरिसकेपछि आवश्यक रेलमार्ग निर्माणका लागि जग्गा माग गर्छन्

 

सबैमा जग्गा नेपाल सरकारले नै उपलब्ध गराउने सम्झौता छ सँगै समझदारीपत्रमा हस्ताक्षर भएका अन्य तीन खण्डमा भने काम सुरु भएको छैन। न्यु जलपाइगुडीकाँकडभिट्टा ४६ किमि, नौतनवाभैरहवा १५ किमि र नेपालगन्ज रोडनेपालगन्ज १२ किमि दूरीका छन् अहिले रक्सौल हुँदै वीरगन्जसम्म रेलमार्गबाट सामान ल्याउन सजिलो भएको छ। सीमानाकामा बन्ने रेलमार्गलाई पछि पूर्वपश्चिम रेलमार्गसँग जोड्ने उद्देश्य रहेको विभागले जनाएको छ। पूर्वपश्चिम रेलमार्गको अध्ययन गर्दा सीमानाकासँग जोडिने लिंकहरूबारे पनि अध्ययन गरिएको थियो तीनवटा नाकाको काम कहिले सुरु हुन्छ भन्ने थाहा नभए पनि जोगवनीविराटनगरको दुई वर्षभित्र काम सकिने विभागको दाबी छ। जयनगरजनकपुरबर्दिबास खण्डमा काम सक्न तीन वर्ष लाग्ने जनाइएको छ