यात्रुवाहक विमान दुर्घटनाबारे राष्ट्राध्यक्ष सीको महत्त्वपूर्ण निर्देशन
2022-03-21 18:56:33CRI
Share with:

मार्च २१ तारिख अपरान्ह २ बजेर ३८ मिनेटमा चाइना इस्टर्न एयरलाइन्सको उडान एमयु ५७३५ को विमान खुनमिङबाट क्वाङचौं उडानमा रहँदा क्वाङ सी च्वाङ स्वायत्त प्रदेशमा सम्पर्कविहिन भएर दुर्घटनाग्रस्त भएको छ। जहाजमा १२३ यात्रु र ९ जना चालकदलका सदस्यहरु छन्।

दुर्घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिँदै तुरुन्तै आपतकालीन व्यवस्थापन सेवा सुरू गरेर सक्दो प्रयासमा खोज तथा उद्धार गर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री ली खछ्याङले सक्दो प्रयासमा बाँचेकाहरुको खोजी गर्नुका साथै घाइतेको उपचार गरी पीडितका परिवारलाई राम्ररी सान्त्वना र सेवा दिन  निर्देशन दिनुभएको छ। साथै समयमै सूचना प्रकाशित गरेर गम्भीरताका साथ दुर्घटनाको कारण पहिचान गरी नागरिक उड्डयन सुरक्षा व्यवस्थापनलाई सुदृढ गर्न आग्रह गर्नुभएको छ।

चिनियाँ नागरिक उड्डयन प्रशासन, आपतकालिन व्यवस्थापन मन्त्रालय र अन्य सम्बन्धित विभागहरूले घटनास्थलमा कार्यदल पठाउनुका साथै क्वाङ तुङ र क्वाङ सीबाट उद्धारकर्मीहरूलाई पठाएका छन्। हाल घटनास्थलमा उद्धार र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।