चीनको उद्देश्य 'साझेदारी', 'एकता', 'न्याय' र 'विकास'
2022-03-22 17:06:57CRI
Share with:

चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री शाह महमुद खुरेशले इस्लामाबादमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। चिनियाँ परराष्ट्रमन्त्रीको हैसियतमा पहिलोपटक इस्लामिक सहयोग संगठनको विदेशमन्त्री बैठकमा सहभागी हुँदा चीन र इस्लामिक देशले सहयोगलाई अझ गहन पार्ने बलियो इच्छा  देखाइएको कुरा वाङले व्यक्त गर्नुभएको छ।

 

चिनियाँ परराष्ट्रमन्त्री वाङका अनुसार, यसपटक इस्लामिक सहयोग संगठनको विदेशमन्त्री बैठकको मुख्य विषयवस्तु “एकता, न्याय र विकासका लागि साझेदारी” भन्ने रहेको छ। वर्तमानको अन्तर्राष्ट्रिय परिस्थितिमा यो मुख्य विषयवस्तुसँग विशेष महत्वपूर्ण अर्थ छ। यी चार शब्द चीन उक्त बैठकमा सहभागी हुने उद्देश्य हो र चीन तथा मुस्लिम साथीबीचको सहमति हो।