फागुनमा झनै घट्यो विदेशिने नेपालीको संख्या
2022-03-25 18:25:22CRI
Share with:

गत फागुन महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या झनै घटेको छ। माघमा भन्दा माघमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या १ हजारले घटेको अनलाइन खबरले लेखेको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो। वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका छन्। माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो। फागुनमा दैनिक औसत १ सय ७८१ जना श्रमिक विदेश गएका छन्।

बितेको फागुन महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार ५२० जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए।