चीन र नेपालका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
2022-03-26 18:45:23CRI
Share with:

नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नु भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको अनलाइन खबरले लेखेको छ।

भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल भएको छ। त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुनेछ। शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्कनु हुनेछ।