चीनका राष्ट्राध्यक्ष र भानुआतुका राष्ट्रपतिबीच शुभकामना आदानप्रदान
2022-03-27 16:21:17CRI
Share with:

दौत्य सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्समका अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र भानुआतुका राष्ट्रपति टालिस ओबेड मोसेसले आपसमा शुभकामना आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, दौत्य सम्बन्ध स्थापनादेखि ४० वर्षमा  दुई पक्षको राजनीतिक विश्वास अझै बढ्नुका साथै विभिन्न क्षेत्रको आदानप्रदान तथा सहयोगमा राम्रो उपलब्धि हासिल गरी दुई देशका जनतालाई वास्तविक फाइदा पुगेको छ। चीनका  र भानुआतुले सहकार्य गरेर महामारीको प्रतिरोध  गर्दै मित्रतालाई गहन पारेका छन्। चीन र भानुआतु विकासोन्मुख देशबीच आपसी सम्मान, एकता तथा समन्वय गर्ने नमूना बनेका छन्।

प्रत्युत्तरमा भानुआतुले एक चीनको नीति सुदृढ रूपमा पालना गर्नुका साथै दौत्य सम्बन्ध स्थापना भएको ४०औं वार्षिकोत्सवका अवसरमा सम्बन्धको अझै विकास गर्ने प्रतीक्षा राष्ट्रपति मोसेसले व्यक्त गर्नुभएको छ।

सोहि दिन चीनका प्रधानमन्त्री र भानुआतुका प्रधानमन्त्रीले पनि आपसमा शुभकामना सन्देश आदान प्रदान गर्नुभएको छ।