चीनद्वारा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण
2022-03-27 17:53:48CRI
Share with:

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। नेपाल भ्रमणमा रहनु भएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नु भएको अनलाइन खबरले लेखेको छ। उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुन्थ्यो।

विमानस्थलको साँचो परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नु भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ।