चीन र नेपालका विदेशमन्त्रीबीच वार्ता
2022-03-27 16:52:58CRI
Share with:

 चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले मार्च २६ तारिख काठमाडौंमा वार्ता गर्नुभएको छ।

चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनादेखि ६७ वर्षमा सधैं आपसी सम्मान, विश्वास र समर्थन कायम भएको मन्त्री वाङ यीले व्यक्त गर्नुभएको छ। चीनले नेपाललाई स्वदेशी अवस्थासँग अनुकुल विकास मार्ग खोज्न, स्वतन्त्र आन्तरिक र परराष्ट्र नीति लागू गर्न समर्थन गर्नुका साथै "बेल्ट एण्ड रोड" निर्माणमा अझ गहिरो रूपमा सहभागी हुन नेपाललाई समर्थन गरेको छ।

दुवै पक्षले खोप तथा महामारी विरोधी क्षेत्रमा सहकार्यलाई सबल पार्न स्वीकार गरेका छन्।  

दुवै पक्षले बहुपक्षीय मामिलाबारे वैचारिक आदानप्रदान पनि गरेका छन्।   

वार्तापछि उहाँहरू अर्थतन्त्र तथा प्रविधि, कृषि, आधारभूत प्रबन्ध, चिकित्सा तथा स्वास्थ्य लगायत सहयोग हस्ताक्षर समारोहमा सहभागी  हुनुभयो।