युरोपलाई जटिल बनाउने अमेरिकाको लक्ष्य के हो?
2022-03-28 14:52:27cri
Share with:

             

रुस र युक्रेनबीच चलिरहेको सैन्य संघर्ष एक महिना भइसकेको छ। अमेरिका र यसको नेतृत्वमा रहेको नेटोले रुस र युक्रेनबीचको परिस्थितिलाई शिथिल पार्ने गतिविधि नगरेर उल्टै युक्रेनलाई हतियार सहायता, रुसलाई नाकाबन्दी गराउनु आदि तरिकाले उक्त परिस्थितिलाई चर्को बनाइरहेको छ। अमेरिकाका यी गतिविधि पछाडि के लक्ष्य छ त?

 युरोपेली सँघीय केन्द्रीय बैँकले युरो क्षेत्रमा चालू वर्षको आर्थिक वृद्धि दरलाई ३.७ प्रतिशतमा घटाएको छ। साथै जर्मनी र रुसबीचको नर्ड स्ट्रिम २ प्राकृतिक ग्याँस पाइपलाइन परियोजना फेरि समस्यामा परेको छ। यसको सट्टामा महँगो अमेरिकी प्राकृतिक ग्याँस हो। राजनीतिक सम्बन्धमा युरोपली मामिलामा अमेरिकाको निर्देशन अधिकार अझ बलियो देखिन्छ। युरोप सङ्घले प्रयास गरिरहेको “रणनीतिक स्वायत्तता” भन्ने सपना एक खाली वाक्यांश बनेको छ। वास्तविकताबाट प्रमाणित हुन्छ अमेरिकाले रणनीतिक तथा आर्थिक क्षेत्रमा रुस र युक्रेनबीचको सङ्घर्षबाट लाभ लिएको देखिन्छ।