सिमसारको संरक्षणमा चीनको उल्लेखनीय उपलब्धि
2022-03-28 14:54:09cri
Share with:

 

चीनको राष्ट्रिय वन र घाँसेमैदान व्युरोले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार हाल चीनसँग ६४ वटा अन्तर्राष्ट्रिय महत्वपूर्ण सिमसार क्षेत्रहरू रहेका छन् भने यसको कूल क्षेत्रफल ७३ लाख २० हजार हेक्टर पुगेको छ।

 सन् २०२१ मा चीनको अन्तर्राष्ट्रिय महत्वपूर्ण सिमसार क्षेत्रको पर्यावरणीय अवस्था समष्टिगत रूपमा स्थिर रहेको छ। अधिकाँश सिमसार क्षेत्रमा पानीको मात्रा केही बढेको देखिन्छ। जैविक विविधतामा सुधार भएको छ।

  चौधौँ पञ्च वर्षीय अवधिमा चीनले सिमसार क्षेत्रको संरक्षण तथा मर्मत परियोजना, सिमसार क्षेत्रको निगरानी तथा व्यवस्थापन आदि कामलाई जोड दिँदै सिमसार क्षेत्रको संरक्षण प्रभावलाई उकास्दै जाने छ।