गौतम बुद्ध विमानस्थलमा उडान गर्न आधा दर्जन कम्पनीको चासो
2022-03-29 15:52:44cri
Share with:

व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ। यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ

विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभयोहवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ हाँले भन्नुभयो, ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन्

 

विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सकिएपछि २६ फागुनमा विमानस्थलबारे सम्पूर्ण जानकारीसहितको सूचना जारी गरिएको थियो। २७ फागुनमै जजिरा एयरलाइन्स सम्पर्कमा आई हवाई उडान सञ्चालन गर्न इच्छुक देखिएको थियो। जजिराले हवाई उडान सञ्चालनका लागि निवेदनसमेत दिइसकेको छ। त्यसपछि फ्लाई दुबई एयरलाइन्स कम्पनीका ३/४ जना कर्मचारीले स्थलगत अध्ययन गरेका थिए। ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयर लायन्स पनि हवाई उडान सञ्चालनका लागि सम्पर्कमा आएको कान्तिपुर अनलाइनले जनाएको छ।  कतार एयरलाइन्ससँग पनि कुराकानी भइरहेको दाहालले जनाउनुभयो।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली केही दिनमै आउने अवस्थामा छ। जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङलगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ। नियमावली नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयबाट पास भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ

 

यात्रुको हकमा यात्रु सेवा शुल्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्दा कम र विमानस्थल विकास कोष (एडीएफ) बापतको १ हजार रुपैयाँ यस विमानस्थलमा नलिएर यात्रुलाई सुविधा दिइने दाहालले बताउनुभयो। विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिबिलिटीमा पनि सहजै विमान अवतरण गर्न सकिनेछ। विमानस्थलका अनुसार विमान अवतरणका लागि कम्तीमा पनि १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा यहाँ ६ सय मिटरमै अवतरण गर्न सकिनेछ

विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्ने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एन्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयको सुझाव छ। हालसम्म लुम्बिनी आउने ९० प्रतिशत विदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन्। गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाई उडान सम्बन्ध बनेपछि भारतीय ट्राभल्स एजेन्सीमाथि नेपाली निर्भरता हट्ने नेपाली पर्यटन व्यवसायीको विश्वास छ