नेपाल एयरलाइन्सको काठमाडौँ–दिल्ली दैनिक दुईटा उडानको तयारी, नेपाल–भारत बससेवाका १३ रुटमा प्रस्ताव
2022-03-31 16:10:33cri
Share with:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँदिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताउनुभएको छ। मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउँदै बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो। मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताउनुभयो।

 

राससका अनुसार मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिरसमेत समेत गर्नुभयो।

 

यसैबीच सरकारले नेपालभारतबीच १३ वटा रुटमा यातायात सञ्चालन गर्न सूचीकृत हुन आह्वान गरेको छ। यातायात व्यवस्था विभागले ३५ दिनभित्र आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुन आह्वान गरेको हो। दुई देशबीच ७ वर्षअघि नै १३ वटा रुट निर्धारण गरी सम्झौता भएको छ। विभागले नेपालभारतबीच सञ्चालन हुने नियमित यात्रुवाहक यातायात सेवाका लागि स्वीकृत मार्गमध्ये सेवा सञ्चालन गर्न चाहेका प्रत्येक रुटका लागि अलगअलग निवेदन दिन सूचना जारी गरेको नेपालखबरले लेखेको छ।