चौंरी पर्यटन महोत्सवको तयारी
2022-04-02 16:23:30cri
Share with:

पाँचथरको फालेलुङ गाउँपालिका४ चाररातेमा पाँचौं चौंरी पर्यटन महोत्सव आयोजना हुने भएको छ। नववर्षको अवसर पार्दै चैत ३० देखि वैशाख ४ सम्म महोत्सव आयोजना हुने भएको हो भारतको सिक्किम र पश्चिम बंगालसँगको सीमावर्ती उक्त स्थानमा आयोजना हुन लागेको महोत्सवको प्रवर्द्धन उक्त गाउँपालिकाले गर्न लागेको हो

महोत्सवमा चौंरी र याकका विभिन्न प्रजातिको परिचय झल्किने नाक र तोले, उराङ र डिहीको प्रदर्शनीसँगै चौंरी र भेडाजन्य उत्पादनका स्टलहरू राखिने आयोजक फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थाले जानकारी दियो । लोप हुँदै गएको चौंरीपालन व्यवसायको प्रवर्द्धन र संरक्षणका लागि उक्त गाउँपालिकाले २०७४ देखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छकान्तिपुर अनलाइनका अनुसार २०७७ मा भने कोरोना संक्रमण जोखिमका कारण सञ्चालन हुन सकेको थिएन

 

महोत्सवमा नेपाल र भारत हुँदै भुटानबाट ल्याइएका सयभन्दा धेरै चौंरी र तीनका प्रजाति प्रदर्शर्नीमा राखिने आयोजक फालेलुङ कञ्चनजंघा पर्यटन संस्थाका उपाध्यक्ष शिल्प राईले जानकारी दिनुभयो। उच्च पहाडी र हिमाली क्षेत्रको सौन्दर्यका रूपमा स्थापित चौंरी पालन व्यवसायको उत्थान गर्न गाउँपालिकाले आयोजना गर्ने यो महोत्सवलाई अन्तर्राष्ट्रिय चौंरी महोत्सव भनिँदै आएको छ