नेपाल र भारतले बंगलादेश र भुटानसँग ऊर्जा सहकार्य गर्ने
2022-04-03 15:41:57cri
Share with:

ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपालभारतको ६ बुँदे संयुक्त दृष्टिकोण

नेपाल र भारतबीच बंगलादेश र भुटानसँग ऊर्जा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीमा भएको वार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) उपक्षेत्रीय ढाँचामा ऊर्जा सहकार्य गर्ने सहमति भएको कान्तिपुर अनलाइनले जनाएको छ।

 

दुवै देशका प्रधानमन्त्रीले बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) ढाँचामा ऊर्जा सहकार्य विस्तार गर्ने सहमति गरेका हुन्। देउवामोदी वार्तापछि ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपालभारतको ६ बुँदे संयुक्त दृष्टिकोण सार्वजनिक गरिएको थियोयस प्रकारको सहकार्य बीबीआईएनको ढाँचाभित्र विषयका रूपमा विस्तार गरिने र त्यसमा सर्तहरू सहभागी पक्षहरूबीच आपसी सहमतिमा निर्धारण गरिनेछ,’ संयुक्त दृष्टिकोणमा भनिएको छ

काठमाडौंमा २०७१ मा भएको सार्क शिखर सम्मेलनमा बीबीआईएन उपक्षेत्रीय संरचनामा मोटर भेइकल एग्रिमेन्ट भएको थियो। उक्त सम्झौतालाई नेपाल, बंगलादेश र भारतको संसद्ले अनुमोदन गरे पनि भुटान वातावरणसहितको विषय उठाउँदै त्यसबाट पछि हटेको थियो। पछिल्लो समय चार देशबीच जारी छलफलमा भुटान पर्यवेक्षकका रूपमा मात्रै सहभागी हुने गरेको थियोहामीले भारत र बंगलादेशसँग विद्युत् सम्झौता र सचिवसहसचिवस्तरमा संयन्त्रहरू बनाएका छौं, त्यसको कार्यान्वयनका लागि भारतीय संरचना आवश्यक रहेछ,’ जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले भन्नुभयो।

घिमिरेका अनुसार भारतले बीबीआईएनमार्फत अघि बढाउने विषयलाई प्राथमिकता दिँदै आएको थियो। नेपाल, बंगलादेश र भारतबीच त्रिदेशीय विद्युत् प्रसारण लाइन निर्माणसहितको विषयमा वार्ताहरू भए पनि त्यसले अन्तिम रूपमा लिएको छैन। भारतको नेपाल, बंगलादेश र भुटानसँग छुट्टाछुट्टै विद्युत् व्यापार सम्झौता छ। नेपालको बंगलादेश र भारतसँग विद्युत् व्यापार सम्झौता छ

नेपाल र बंगलादेशबीच विभिन्न संयन्त्रमा विद्युत् व्यापारको विषयमा पटकपटक छलफल भए पनि भारतको सहमतिबिना कार्यान्वयन नहुने भएकाले दुवै देशले भारतसहितको त्रिपक्षीय संयन्त्रको आवश्यकता औंल्याउँदै आएका छन्। नेपाल र बंगलादेशले यस विषयमा भारतसँग छुट्टाछुट्टै छलफल गरे पनि संयुक्त रूपमा हुन सकेको छैन। त्यस्तै बंगलादेशले नेपाल र भुटानबाट बिजुली खरिद गर्न चाहे पनि भारतीय भूमि हुँदै एकअर्को देशमा विद्युत् आदानप्रदान गर्नुपर्ने भएकाले संयुक्त सहकार्यका लागि विकल्प खोज्दै आएको छ। भारतले नेपाल र भुटानसँग विद्युत् उत्पादनमा सहकार्य गर्दै आएको छ। भुटानका सबै परियोजना भारतीय अनुदान र ऋणमा निर्माण भएका हुन्। नेपालमा भारतीय कम्पनीले अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ दुवै देशका प्रधानमन्त्रीबीच विद्युत् उत्पादनका लागि संयुक्त परियोजना नेपालमा निर्माण गर्ने, सीमा पार प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। पारस्परिक लाभ, बजारको माग र दुवै देशको घरेलु नियमका आधारमा बजारमा उचित पहुँच हुनेगरी द्विपक्षीय बिजुली व्यापार गर्ने, राष्ट्रिय प्रसारण लाइनलाई सहकार्यमा सञ्चालन गर्ने र नयाँ प्रविधि, कार्य सञ्चालन तथा जानकारी संस्थागत रूपमा साझा गर्ने शनिबार जारी साझा धारणामा उल्लेख छ