भारतले विद्युत्को अधिकतम् मूल्य घटाएपछि नेपाललाई राहत
2022-04-03 15:43:29cri
Share with:

भारतको विद्युत नियमन आयोगले विद्युत्को अधिकतम् मूल्य प्रति युनिट १८ रुपियाँ घटाएको छ । आयोगले सोमबारदेखि लागुहुने गरी भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । यस अघि ३८ रुपिया याँ तोकेको विद्युत मूल्य २० रुपैयाँ तोकेको हो । रुसयुक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै गत सातादेखि भारतको विद्युत नियमन आयोगले विद्युतको मुल्य अधिकतम् ३८ रुपियाँ तोकेको थियो ।

 

आयोगले डे अहेडमार्केटमा प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने भएको हो । भारतीय विजुलीको मूल्यमा कमी आएसँगै नेपाललाई करोडौं रुपियाँ राहत पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो। सुख्खा समयमा पानीको सतह घटेपनि माग अनुसार नेपालमा विद्युत उत्पादन कमी भएपछि प्राधिकरणले विद्युत आपूर्ति गर्न भारतबाट आयत गर्दै आएको छ । प्राधिकरणले २० रुपियाँमा विद्युत खरिद गरेर ९ देखि ११ रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता समेत रहेको जनाएको छ ।

 

अझै नेपालले सुख्खा मौसम सक्ने समय अर्थात डेड महिनासम्म भारतको यो डे अहेड मार्केटबाट विद्युत खरिद गरी आपूर्ति गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ । हाल नेपालमा १६सय ५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन भने १४ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नु परेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो ।

 

हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ। प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नु पर्ने जनाएको छ। जेठ अन्तिमदेखि भने नेपालको कूल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत विक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने, थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रकृया समेत अघि बढाइ सकेको जनाएको छ । विद्युत महँगो हुँदा प्राधिकरणलाई आठ अर्ब नोक्सान हुने भएको छ ।