नेपाली सेनाबाट सगरमाथाको सफाई अभियान
2022-04-06 11:28:37CRI
Share with:

नेपाली सेनाको नेतृत्वमा तीन पर्वतारोहण टोलीले अप्रिल ६ तारिखदेखि सगरमाथालगायत चार हिमालको सफाई अभियान सुरू गरेको छ।

नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माले ५ तारिख “हिमाल सरसफाई गतिविधि” सुरू गर्ने घोषणा गर्नुभयो। ब्रिगेडियर जनरल खड्काको जानकारीअनुसार, नेपाली सेनाको नेतृत्वमा रहेका तीन पर्वतारोहण टोली सैनिक, चिकित्सक, शेर्पा पर्वत गाइडलगायत ९२ जनाबाट गठित भएका छन्। पर्वतारोहण टोलीले सगरमाथा, विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा, चौथो अग्लो ल्होत्से र आठौँ अग्लो मनास्लुमा ३५ टनको फोहोर संकलन गर्ने योजना बनाएका छन्।

तीन पर्वतारोहण टोलीले फेब्रुअरीको अन्त्यदेखि मार्च २९ सम्म वातावरणीय अनुकूलन तालिम लिएका थिए। उनीहरूले अप्रिल ६ र १६ मा आआफ्नो गन्तव्यतर्फ प्रस्थान गर्नेछन्। सफाई गतिविधि मेको अन्त्यसम्ममा सकिने छ। सङ्कलन गरिएको फोहोरमध्ये बायोडिग्रेडेबल फोहोरलाई गाडिने र नडिग्रेडेबल फोहोरलाई रिसाइकल गरी प्रयोगमा ल्याइने छ।