६ करोड २१ लाखमा बुद्ध पार्क निमार्ण
2022-04-08 16:21:00cri
Share with:

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका–६ टयाँकी डाँडामा ६ करोड २१ लाख ५३ हजारमा ६७ फिट अग्लो बुद्ध पार्क निमार्ण भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त बुद्ध पार्कको उद्घाटन गर्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

उक्त बुद्धपार्कबाट जुगल हिमाल,  काभ्रेकाे पाल्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ। आन्तरिक र बाह्रय पर्यटकलाई भित्र्याउन उक्त बुद्ध पार्क निमार्ण गरिएको सो नगरका मेयर अमानसिंह तामाङले जानकारी दिनुभयो।


समुद्री सतहबाट २ हजार १५० मिटर उचाईमा रहेको पर्यटकीय हिमाली गाउँ ओख्रनीमा रहेको चियाबगानसम्म पर्यटक लैजान उक्त बुद्ध पार्कले महत्त्व खेल्ने जनाइएको छ। चौतारा बजार छेउबाट निमार्ण भएको हजार सिढी चढेर बुद्धपार्क पुग्न सकिन्छ।