पश्चिम सेती करिडोर प्रसारणलाइनको प्रक्रिया अघि बढाउने निर्णय
2022-04-09 16:51:30cri
Share with:

नेपाल सरकारले पश्चिम सेती करिडोरमा उच्च भोल्टेज क्षमताको प्रसारणलाइन निर्माणका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पश्चिम सेती करिडोर ४ सय केभी प्रसारणलाइन आयोजनाको जग्गा प्राप्ति गर्ने प्रारम्भिक काम कारबाही गर्ने अधिकारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो रुटमा अत्तरिया–बलाँच १३२ केभी प्रसारणलाइन सञ्चालनमा छ। जसले चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादिन बिजुली राष्ट्रिय प्रणालीमा जोडिरहेको छ। त्यस्तै सरकारले अमलेखगंज सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम कारबाही गर्न अधिकारी तोक्ने निर्णय गरेको छ। लाटिनाथ ३३ केभी प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम कारबाही गर्न अधिकारी तोक्ने निर्णय गरेको पनि कार्कीले बताउनुभयो।