नेपाल र चीनको सीमा क्षेत्रका गुम्बामा बीओपी
2022-04-09 16:26:36cri
Share with:

नेपाल र चीनबीचको सीमा क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गणले बीओपी स्थापना गरेको गोरखापत्र अनलाइनले लेखेको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बीओपीको उद्घाटन गर्नुभएको थियो। सदरमुकाम चौताराबाट ११४ किलोमिटर टाढाको दूरीमा बीओपी रहेको छ।