नेपालमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन आयात भएको कारोबार अनलाइनले लेखेको छ।
आर्थिक वर्ष २०७७-०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो। यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ। एक वर्षभरीमा १ खर्ब ८७ अर्ब रुपैयाँ आयात भएको यो वर्ष मूल्य बढेर आएकाले साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको हो।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले ठूलो परिणाममा इन्धन आयात भएको जानकारी दिए। एक वर्षदेखि नै इन्धनको मूल्य लगातार बढ्दै गएको थियो। निगमका अनुसार साउनदेखि १५ चैतसम्म १२ लाख २४ हजार ५ सय १२ किलोलिटर डिजेल आयात भएको छ। यस्तै सो अवधिमा ५ लाख १९ हजार १८ किलोलिरट पेट्रोल, ११ हजार ७ सय ७८ किलोलिटर मट्टितेल, १ लाख ८५ हजार ५६ किलोलिटर हवाई इन्धन आयात भएको छ। यस्तै ३ लाख ७२ हजार ८ सय १३ मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ।
निगमका अनुसार जुलाई महिनामा ७ अर्ब ५९ करोड ५४ लाख ८४ हजार रुपैयाँको इन्धन आयात भएको थियो। यस्तै अगष्टमा महिनामा १४ अर्ब ९३ करोड २५ लाख ९८ हजार रुपैयाँको इन्धन आयात भएको थियो। सेप्टेम्बर महिनामा १६ अर्ब ६२ करोड ६२ लाख ३५ हजार रुपैयाँ इन्धन आयात भएको थियो। अक्टोबर महिनामा २० अर्ब ४८ करोड ७३ लाख ९२ हजार रुपैयाँको इन्धन आयात भएको थियो। नोभेम्बर महिनामा २४ अर्ब ३६ करोड ५२ लाख ३५ हजार ३५ हजार रुपैयाँको आयात भएकोमा डिसेम्बरमा २६ अर्ब ७३ करोड ६९ लाख रुपैयाँको इन्धन आयात भएको छ। यस्तै जनवरीमा २२ अर्ब ५२ करोड ६३ लाख ७५ हजार रुपैयाँ, फेब्रुअरी महिनामा २४ अर्ब ५४ करोड ९६ लाख ५० हजार रुपैयाँ र मार्च महिनामा २९ अर्ब ३५ करोड ७८ लाख ८५ हजार रुपैयाँको इन्धन आयात भएको निगमको भनाइ छ।
निगमका अनुसार मासिक रुपमा पेट्रोल ६१ हजार किलोलिटर, डिजेल १ लाख ४४ हजार किलोलिरट खपत हुने गरेको छ। यस्तै मट्टितेल १ हजार ३ सय ८५ किलोलिरट हवाई, इन्धन १२ हजार ७ सय ७१ किलोलिटर मासिक खपत हुने गर्छ। यस्तै खाना पकाउने एलपीजी ग्यास ४३ हजार ८ सय ६० मेट्रिक टन खपत हुने गरेको निगमको तथ्यांक छ।