अर्थतन्त्रको पुनरुत्थान गर्न विशेष प्याकेज माग
2022-04-11 16:30:06cri
Share with:

कोभिडपछिको नकारात्मक असरबाट अर्थतन्त्रलाई पुनर्जीवित गर्न सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । शिथिल अर्थतन्त्रलाई पुनर्जीवन दिन पुनर्कर्जालगायत विशेष आर्थिक प्याकेज घोषणा गरी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत त्यसलाई निरन्तरता दिनुपर्ने नेपाल चेम्बर अफ कमर्सले माग गरेको कान्तिपुर अनलाइनले लेखेको छ ।

‘कोभिड संक्रमणले मुलुकको अर्थतन्त्रको हरेक क्षेत्र प्रभावित भयो । अहिले महामारी नियन्त्रण भए पनि रुसले युक्रेनमाथि गरेको आक्रमणले बजार महँगिएको छ,’ चेम्बरको ७१ औं वार्षिक साधारणसभा एवं चेम्बर दिवसका अवसरमा अध्यक्ष राजेन्द्र मल्लले भन्नुभयो, ‘त्यसको नकारात्मक असरबाट अर्थतन्त्रलाई पुनर्जीवित गर्ने काममा सक्रिय हुनु सम्पूर्ण जिम्मेवार पक्षको प्रमुख दायित्व भएको छ ।

बजारमा तलरता अभाव, महँगी र पछिल्लो समयमा विप्रेषण घटेको उनले बताए । औद्योगिक कच्चा पदार्थ र भ्यालु एड हुने वस्तुको आयात निरुत्साहित गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्ने मल्लको भनाइ छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएका समस्या छलफल, सहकार्य र संवादबाटै समधान गर्नुपर्ने बताउनुभयो। अर्थतन्त्रमा देखिएको समस्याबाट विचलित हुन आवश्यक नरहेको उहाँको भनाइ छ । सरकारले बर्खायाममा खेर जाने बिजुली उद्योगलाई छुट दिएर लागत घटाउने तयारी गरिरहेको मुख्यसचिव शंकरदास बैरागीले बताउनुभयो।