राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीनको समुद्र विश्वविद्यालय अन्तर्गत सान या समुद्र अनुसन्धान प्रतिष्ठानको निरीक्षण
2022-04-11 14:55:11cri
Share with:


 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १० तारिख दिउँसो हाइ नान प्रान्तको सान या शहरमा अवस्थित चीनको समुद्र विश्वविद्यालय अन्तर्गत सान या समुद्र अनुसन्धान प्रतिष्ठानको निरीक्षण गर्नुका साथै हाइ नान प्रान्तले सामुन्द्रिक विज्ञान प्रविधिमा गरेको विकास अवस्थाबारे जानकारी लिनुभएको छ। 

उहाँले समुद्रमार्फत् देशको अर्थतन्त्रलाई सशक्त बनाउनुका साथै सामुन्द्रिक विज्ञान प्रविधिको अनुसन्धानलाई सबल पारी हाइ नानलाई सामुन्द्रिक सशक्त प्रान्तको रूपमा निर्माण गर्न निर्देशन पनि दिनुभएको छ।