चीनबाट भित्रिए साझाका ३ बिजुली बस
2022-04-14 16:17:27cri
Share with:

साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्याएको छ । ती बस बुधबार तातोपानी नाकामा आएर भन्सार पास प्रक्रियामा रहेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार भन्सार पासपछि ती बस दुई - तीन दिनमा काठमाडौं आउने छन्।

ती बस काठमाडौं उपत्यकामै चलाउने साझाको लक्ष्य छ। डिजेल बसभन्दा यी बस केही साना रहेको उहाँले बताउनुभयो। यसमा चालकसहित २६ सिट हुन्छ, ९ मिटर लम्बाइ रहेको छ । चीनको नानजिङमा यी बस तयार गरिएको हो। नेपाल ल्याउँदा एउटा बसको लागत करिब डेढ करोड पर्न आउनेछ । साझाले अरु ३७ बस चीनबाट ल्याउने छ। यी ३ वटा बस काठमाडौंमा गुडाएर सफल भइसकेपछि साउनमा मात्रै ती ३७ बस ल्याइने पाण्डेले बताउनुभयो।

साझाले कुल ४० वटा बिजुली बस ल्याउन लागेको हो । साझाले चार्जिङ स्टेसन पनि बनाइहेको छ । हाल साझाले ७१ वटा बस सञ्चालन गर्दै आएको कान्तिपुर अनलाइनमा खबर छ।