शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा नेपालीमा अनुदित माओका कविता सार्वजनिक
2022-04-21 15:51:10cri
Share with:

शताब्दी पुरुष सत्यमोहन जोशीबाट नेपाली भाषामा अनुदित चिनियाँ नेता माओ च तोङका कविता काठमाडौंमा विमोचन गरिएको छ। बुधबार त्रिभुवन र काठमाडौं विश्वविद्यालयका कन्फ्युसियस इन्स्टिच्युट तथा चिनियाँ राजदूतावासद्वारा अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको नेपाल समाज अनलाइनले लेखेको छ।

अनुदित माओ च तोङका कविताः टिप्पणी र विवेचना शिक्षा मन्त्री देवेन्द्र पौडेल, नेपालका लागि चिनियाँ राजदूत हौ यान छि, चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेललगायतले संयुक्तरूपमा सार्वजनिक गर्नु भएको हो।

जोशीले माओका कविताहरुमध्ये २७ वटा कविताको नेपाली भाषामा अनुवाद गरी हरेक कविताको छुट्टाछुट्टै टिप्पणी गरेर तिनको विवेचनासमेत गर्नु भएको छ। पुस्तकमा चिनियाँ इतिहास का कालक्रम चिनियाँ कविताको आकृति र माओको लेखनशैलीको परिचय पनि दिएको छ।