टिंकरमा हेलिकोप्टरबाट हेभी इक्विपमेन्ट ढुवानी
2022-04-28 15:57:26cri
Share with:

नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोरअन्तर्गतको कोठेधारटिंकर सडक योजनामा हेलिकोप्टरमार्फत निर्माणसम्बन्धी हेभी इक्विपमेन्ट ढुवानी सुरु भएको छ। सेनाको एमआई १७ हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने हेभी इक्विपमेन्ट ढुवानी बिहीबारबाट सुरु गरेको हो

व्यास गाउँपालिका४ सुन्सेरासम्म स्थलमार्ग प्रयोग गरी एक्एक्स्काभेटरलगायत मेसिन ढुवानी गरिएको थियो। त्यसभन्दा माथिल्लो क्षेत्रमा पनि सेनाले सडक निर्माणको काम थालेकाले पहुँच मार्ग नहुदा हेलिकोप्टरबाट यी मेसिन ढुवानी गर्नुपरेको सेनाले जनाएको छ। सेनाको विकास निर्माण निर्देशनालयले व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा र व्यास गाउँपालिका२ दुम्लिङमा क्याम्प राखेर सडकको ट्र्याक खोलिरहेको छ। व्यास गाउँपालिका२ स्थित चार ठाउँ र वडा नम्बर ३ को तोसरपानीमा सडकको ट्र्याक खोल्ने काम भइरहेको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो।

 

हेलिकोप्टरले दुम्लिङ, कोठेधारलगायत ठाउँमा मेसिन ओसारिरहेको छ। हेलिकोप्टरले दुई वटा एक्स्काभेटर दुम्लिङ र मालगाउँमा ओसार्दै छ। एक्स्काभेटरका पाटर्स अलगअलग गरेर ढुवानी भइरहेको छ। मेसिन लैजान सडक नभएपछि हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिन एक्स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट्स ओसारिरहेको हो

 

सरकारले दार्चुलाटिंकर सडकअन्तर्गत व्यास गाउँपालिका२ कोठेधारदेखि टिंकर नाकासम्मको ७४ किमि सडक निर्माण जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले अहिले ५ ठाउँबाट सडक निर्माणको काम गरिरहेको कोठेधारटिंकर सडक योजनाले जनाएको छ। कोठेधारदेखि माथि माल, फुलचिम, तल्लो दुम्लिङलगायत ठाउँमा सडक निर्माणको काम चालु छ। चालु आर्थिक वर्ष २०७८/७९ मा ७ किमि सडक निर्माण गर्ने लक्ष्य लिएको सेनाले अहिले तीन किमि सडकको ट्र्याक खोलेको जनाएको छ। अहिलेसम्म साना मेसिनबाट मानिसले काम गरिरहेका थिए। अब हेभी इक्विपमेन्ट पनि निर्माणस्थलमा पुगेकाले कामले गति पाउने सैनिक प्रवक्ता सिलवालको भनाइ छ। सरकारले सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ

 

गत वर्ष सरकारले कोठेधारमाथिको ८७ किमि सडक निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो। सेना आफैंले कोठेधारमाथि सडकको डीपीआर बनाएर सडक निर्माण सुरु गरेको हो। सेनाको डीपीआरले ७४ किमि र पछिल्लो पटक सरकारले सेनाले निर्माण गर्ने कोठेधारसम्मको थप ४ किमिको ट्र्याक खोल्न हेभी इक्विपमेन्ट ओसारिएको हो

यसैबीच सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक एवं महासेनानी इन्दिवर गुरुङले निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको छ। सडक निर्माणकै लागि व्यास गाउँपालिका१ छाङरुमा क्याम्प राख्न साइट भिजिट गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। महासेनानी गुरुङसॅंगै बिहीबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले हेलिकोप्टरबाट छाङरु पुगेर स्थलगत निरीक्षण गरेको कान्तिपुर अनलाइनले जनाएको छ।