किसानलाई उन्नत बिउ दिएर धान उत्पादन तीन गुणा बढाउन अर्थमन्त्रीको निर्देशन
2022-04-28 15:54:23cri
Share with:

अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठअसारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ।  बुधबार कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका विषयमा छलफल भएको थियो।

 

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताउनुभयोदुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन हाँले भन्नुभयो। मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुन: छलफलमा आउन निर्देशन दिनुभयो

हामीले उन्नत जातको बिउ प्रयोग गर्‍यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्न सक्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं मन्त्री शर्माले भन्नुभयो मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन । उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो।

उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ अर्थमन्त्री शर्माले भन्नुभयो । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।

 

छलफलमा कृषि सचिव डा. गोबिन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताउनुभयो। धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिँदै उहाँले उन्नत जातको बिउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने बताउनुभयोकान्तिपुर।