जीडीपीमा कृषिको योगदान र वृद्धिदर घटिरहेको विज्ञहरूको भनाई
2022-04-30 15:55:53cri
Share with:

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण भइरहँदा कृषि, वन र मत्स्यको योगदान र वृद्धिदर भने निरन्तर घटिरहेको छ केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८/७९ मा यी क्षेत्रको योगदान २३.९५ प्रतिशत छ। तर वृद्धिदर २.२४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। जब कि २०७७/७८ मा जीडीपीमा योगदान २४.९० र वृद्धिदर २.८५ प्रतिशत थियो जीडीपीमा कृषिको योगदान घट्नु भनेको उद्योग, सेवा, आईटीलगायत क्षेत्रको बढेको संकेत हो। तर कृषिको वृद्धिदर क्रमिक घट्नुले अत्यावश्यक बस्तुको आयात बढ्ने देखाउने जानकारहरू बताउँछन्बिश्वभर अर्थतन्त्र आधुनिकीकरण हुँदै जाँदा राष्ट्रिय उत्पादनमा कृषिको योगदान घट्छ। सतही रुपमा हेर्दा कृषि खत्तम भयो भन्ने हुन्छ। तर त्यो होइन। कृषिको योगदान घटिरहँदा उद्योग, आईटी, सेवालगायतको बढ्छ,’ अर्थविद् केशव आचार्यले भन्नुभयो, ‘तर, विडम्बना कृषिको वृद्धिदर पनि निरन्तर घट्यो। यो राम्रो संकेत होइन

 

जीडीपीमा कृषिको योगदान घटेको मुलुकमा कृषि क्रान्ति हुन्छ। किसान पनि धनी हुन्छन्। त्यसपछि उद्योग क्रान्ति अर्थात् उद्योगको विकास हुन्छ। उद्योगको विकासपछि सेवा क्षेत्रको योगदान बढ्छ मुलुकमै उत्पादन हुन सक्ने फलफूल तथा खाद्यान्नको आयातसमेत ह्वात्तै बढेको भन्सार विभागको तथ्यांक छ। अनावश्यक रूपमा आयात हुँदा ९ महिनामा व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। कृषिजन्य वस्तु पनि अर्बौं रुपैयाँको आयात भइरहेको कान्तिपुर अनलाइनले जनाएको यही रफ्तार रहे व्यापार घाटा १७ खर्ब नाघ्ने जानकारहरू बताउँछन्। जीडीपीमा कृषिको योगदान राम्रो भए पनि कृषि उत्पादन बढाउनुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले बताउनुभयो।

 

केन्द्रीय तथ्यांक विभागका अनुसार १२ वर्षयता सबैजसो वर्ष कृषिको योगदान घट्दो देखिन्छ। २०७६/७७ मा भने कृषिको योगदान केही बढेको छ। त्यस बेला कृषि क्षेत्रको योगदान २५.१५ प्रतिशत थियोत्यस बेला कोभिडका कारण सबै कृषि क्षेत्रमा लागे। औद्योगिक, सेवालगायत क्षेत्र प्रभावित भएँ,’ कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलले भन्नुभयो, ‘तर योगदान घट्नु सकारात्मक नै होविकासोन्मुख मुलुकमा कृषि क्षेत्रको योगदान १५ देखि २० प्रतिशत हुन्छ। त्यस्तै विकसित मुलुकमा १० प्रतिशत वा त्योभन्दा कम योगदान रहन्छ

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले पनि अर्थतन्त्रको भाषामा योगदान घट्नुलाई राम्रो मानिने बताउनुभयो। तर धान उत्पादन घटेकाले कृषिको वृद्धिदरमा समस्या भएको उहाँको भनाइ छगत वर्षको तुलनामा धानको उत्पादन करिब ८ प्रतिशत घटेको छ,’ हाँले भन्नुभयो, ‘त्यही भएर वृद्धिदर घट्योरेग्मीका अनुसार कृषि, वन र मत्स्यको वृद्धिदर ४ देखि ५ प्रतिशतलाई उत्तम मानिन्छ। त्यो भन्दा कम हुँदा आयात बढ्ने संकेत गर्छ