थेनह कोर क्याबिन अन्तरिक्ष यात्रा भएको प्रथम वार्षिकोत्सव
2022-04-30 17:43:07cri
Share with:

अप्रिल २९ तारिख चीनको अन्तरिक्ष स्टेसन थेनह कोर क्याबिन प्रक्षेपण भएको प्रथम  वार्षिकत्सव हो। गत एक वर्षमा थेनचौ नं २, शनचौ नं १२, थेनचौ नं ३, शनचौ नं १३ लगायत अन्तरिक्ष यान थेनहले कोर क्याबिनको भ्रमण गरेका छन् भने अघिपछि गरी ६ जना अन्तरिक्ष यात्री पुगेका छन्।

यसै अवसरमा चीनको विज्ञान तथा प्रविध संग्रहालयले युवा अन्तरिक्ष चित्र प्रदर्शनीको आयोजना गरेको छ भने विभिन्न सुन्दर अन्तरिक्ष चित्रले धेरै दर्शकलाई आकर्षित गरेको छ।

थेनह कोर क्याबिन चीनको अन्तरिक्ष स्टेसनमध्ये कक्षमा राखिएको पहिलो क्याबिन हो साथै वर्तमान चीनले स्वयं अनुसन्धान र उत्पादन गरेको सबभन्दा ठूलो अन्तरिक्ष यान पनि हो। जुन मुख्यतः अन्तरिक्ष स्टेसनको नियन्त्रण र व्यवस्थापनको लागि प्रयोग गरिन्छ र दीर्घकालसम्म स्वयं उड्ने क्षमता राख्छ भने अन्तरिक्ष यात्री लामो समयसम्म बस्न र अन्तरिक्ष चिकित्सा तथा वैज्ञानिक परिक्षण परिचालन गर्न मद्दत पुग्नेछ।

चीनको अन्तरिक्ष स्टेसनको निर्माण कार्य यस वर्षको अन्तसम्ममा पूरा हुनेछ। हाल १७ वटा मुलुकले चीनको अन्तरिक्ष स्टेसनमा प्रवेश गर्न आवेदन दिइसकेका छन्।