चीनमा मैदा बेच्नका लागि द्विपक्षीय व्यापार सम्झौता गरिदिने नेपाली व्यवसायीको माग
2022-05-02 15:32:26CRI
Share with:

नेपालका मैदा व्यवसायीहरुले चीनमा नेपालबाट मैदा निर्यात गर्न सकिने भन्दै पहल गरिदिन सरकारसँग आग्रह गरेका छन्। नेपालबाट प्रमुख वस्तुको रुपमा मैदा निर्यात गर्न सक्षम रहेको उनीहरुको भनाइ छ। 

मैदा उद्योगी संघले गरेको पूर्वबजेट छलफलमा नेपाल र चीनबीच द्विपक्षीय व्यवसाय सम्झौता रहेको र त्यसमा करिब ६० वस्तुहरुको भन्सार चीनले लिन नसक्ने अवस्था रहेकोले मैदालाई स्थान दिन उनीहरुले आग्रह गरेका नेपाल खबर अनलाइनले लेखेको छ।

उद्योग वाणिज्य महासंघले आज गरेको पूर्वबजेट छलफलमा उनीहरुले उक्त कुरा सुझाएका हुन्। उक्त कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीप अग्रवालले प्रस्तुतीकरण गर्दै ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने निर्यातमूलक उद्योगलाई ५ प्रतिशत र ३० प्रतिशतभन्दा बढी मूल्य अधिवृद्धि गर्नेलाई १० प्रतिशत नगद प्रोत्साहन दिए निर्यात बढ्ने बताउनुभयो।