नवौं राष्ट्रिय खेलकुदको नाराः ‘एकताबद्ध देश, खेलकुदको सन्देश’
2022-05-07 15:50:26CRI
Share with:

आगामी जेठ २२ गतेबाट सुरु हुने नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो, नारा तथा मस्कट सार्वजनिक गर्नु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

यसपलिको राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदैछ। सार्वजनिक गरिएको मस्कटमा कस्तुरी मृग र लोगोमा माछापुच्छ्रे हिमाल, परेवा र चन्द्र–सूर्य अंकित गरिएको छ। राष्ट्रिय खेलकुदको नारा भने ‘एकताबद्ध देश, खेलकुदको संदेश’ राखिएको छ। लोगो तथा मस्कट भोलानाथ पौडेलले बनाउनु भएको हो भने नारा सुयोग्य राज काफ्लेले लेख्नु भएको हो।

राखेपले राष्ट्रिय खेलकुदका लागि लोगो र मस्टक डिजाइनका लागि सार्वजनिक सूचना जारी गरेको थियो। जसबाट लोगोका १३ र मस्कटका लागि ३ वटा डिजाइन पेश भएका थिए। तर पेश भएका डिजाइनबाट चित्त नबुझेपछि पौडेललाई बनाउन लगाएको राखेपको भनाइ छ।