चीन-स्लोभेनिया सम्बन्ध स्थापनाको ३०औं वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी र स्लोभेनियाका राष्ट्रपति पाहोरद्वारा एक-अर्कालाई बधाई सन्देश
2022-05-12 19:06:17cri
Share with:

चीन-स्लोभेनिया सम्बन्ध स्थापित भएको ३०औं वार्षिकोत्सवको उपलक्ष्यमा मे १२ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र स्लोभेनियाका राष्ट्रपति बोरुत पाहोरले एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

 

चीन र स्लोभेनिया बीचको दौत्य सम्बन्ध स्थापना भएको तीस वर्षयता दुवै पक्षबाट आपसी सम्बन्धमा सम्मानजनक व्यवहार गरिएको छ। दुई देश बीचको सहयोगमा सक्रिय उपलब्धि हासिल भएको छ र मानवीय आदानप्रदान सक्रिय रहँदै आएको छ। जसले दुई मुलुकका जनतालाई वास्तविक हित ल्याएको छ। कोरोना महामारीको सामना गर्दै दुई देशका जनताले साथमा साथ भएर सहयोग गरी चीन र स्लोभेनिया बीचको गहिरो मित्रता अभिव्यक्त गरेको सीले औंल्याउनुभयो।

 

 

चीन-स्लोभेनिया सम्बन्धको विकासलाई उच्च महत्व दिँदै राष्ट्रपति पाहोरसँगै मिलेर द्वीपक्षीय सम्बन्ध स्थापित भएको ३० औं वर्षको उपलक्ष्यमा बेल्ट एण्ड रोडको संयुक्त निर्माण सम्बन्धी ऐतिहासिक सुअवसर समातेर दुई मुलुक तथा दुई मुलुकका जनताका लागि हित कल्याण ल्याउन इच्छुक रहेको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

 

यसैगरी स्लोभेनियाका राष्ट्रपति पाहोरले धेरै क्षेत्रमा चीनले गरेको फड्को मार्ने खालको विकासप्रति हार्दिक बधाई व्यक्त गर्नुभयो। युरोपेली संगठनको सदस्य मुलुकको रुपमा स्लोभेनियाले युरोप-चीन सम्बन्धलाई मजबुत पार्न सक्रिय समर्थन गर्दै सहयोगात्मक उपलब्धिलाई दुवै पक्ष र अन्तर्राष्ट्रिय समाजका लागि हित कल्याण बाँड्न कोसिस गरेको पनि उहाँले व्यक्त गर्नुभयो।