“जबरजस्ती श्रम”को प्रचार प्रसार गर्ने अमेरिकाको रणनीतिक षड्यन्त्र
2022-05-12 18:58:38cri
Share with:

सन् १९१९ पेरिस शान्ति सम्मेलनदेखि यता अन्तर्राष्ट्रिय श्रम संगठनले “जबरजस्ती श्रम”को अर्थमा सिर्जना, सुधार र त्यसलाई पूर्णता दिलाउँदै आएको छ। त्यसको उद्देश्य देशभित्रका कामदारहरूको मानव अधिकार अवस्थाको ख्याल विचार गर्न, श्रमिक पूर्वाधारको सुधार गर्न र कामदारहरूको उचित हक अधिकारको संरक्षण गर्न सम्बद्ध देशलाई प्रेरणा दिनु नै हो। वास्तवमा त्यो एक किसिमको पवित्र र मायालु कार्य रहेको छ।

 

तर बितेका केही वर्षयता “जबरजस्ती श्रम” चीन सम्बन्धी अमेरिकी दस्तावेज, प्रतिवेदन, मिडिया रिपोर्ट र थिङकट्याङकको अनुसन्धानमा जताततै देख्न पाइने ध्यानाकर्षणको शब्द बनिसकेको छ। अमेरिकाले त्यस शब्दमार्फत व्यावसायिक विकास, विदेशी परियोजना र सिन्च्याङका अल्पसंख्यक जातिको रोजगार लगायत चीनका विविध क्षेत्रमा रहेका श्रमिक कामदारको हक अधिकार अवस्थाको बदनाम गर्दै हिलो छ्याप्न खोजेको छ।