चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युनता’अब नेपालमा
2022-05-12 18:49:26cri
Share with:

चीनको लोकप्रिय ईवाणिज्य डेलिभरी एक्सप्रेस सेवा युनताले नेपालमा आफ्नो एकीकृत सेवा सुरू गर्ने भएको छ । मंगलबार युनताले नेपाल एकीकृत सेवा विस्तारको घोषणा गरेको हो । यो कम्पनीले उपभोक्ताको व्यक्तिगत खरिद मागलाई पूरा गर्नका लागि उत्पादनहरूलाई एकसाथ एकीकृत गरी निर्यात गर्नेछ।

 

युनताले घरेलु एक्सप्रेस वेयरहाउस, कोप्याकेजिङ, एयर फ्रेट सङ्कलन र अन्य माध्यममार्फत् चीनबाट सामानहरू सुरक्षित र समयमै नेपाली उपभोक्ताहरूमाझ पुर्‍याउने चिनियाँ संचारमाध्यमहरूले लेखेको कान्तिपुर अनलाइनले जनाएको छ।

 

‘नेपाल कन्सोलिडेसन’ अन्तर्गत प्रत्येक महिना ठूलो परिमाणका सामग्री निर्यातका लागि विशेष विमानको व्यवस्था गरिएको छ। नेपालका लागि उक्त विशेष विमान चीनको छङ्तु विमानस्थलबाट उड्नेछ।

 

पछिल्ला दिनमा युनता अन्तर्राष्ट्रिय डेलिभरी कम्पनीले दुबई, अष्ट्रेलिया, कोरिया, कम्बोडिया र नेपाल लगायत देशहरूमा कन्सोलिडेसन सेवा सुरूवात गर्दै मध्यपूर्व, दक्षिण एसिया, पश्चिम एसियाका साथै मुख्य सहरसम्मको पहुँच बिस्तार गर्दै आएको छ ।