“बेल्ट एण्ड रोड”का साथीहरु बढ्दै
2022-05-13 20:09:16cri
Share with:

पहिलो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च सन् २०१७ को मे १४ तारिखदेखि १५ तारिखसम्म पैचिङमा आयोजित भएको थियो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सो मञ्चलाई सम्बोधन गर्दै “बेल्ट एण्ड रोड”लाई शान्तिपूर्ण रोड, समृद्ध रोड, खुला रोड, सिर्जनात्मक रोड र सभ्य रोडको निर्माण गर्ने कुरामा जोड दिनुभयो।

 

अहिलेसम्म “बेल्ट एण्ड रोड”ले व्यापक सहभागिता सहितको अन्तर्राष्ट्रिय सहयोग मञ्चको निर्माण गर्दै विश्व व्यवस्थापन प्रणालीको सुधारका लागि चिनियाँ प्रस्ताव प्रदान गरेको छ। “बेल्ट एण्ड रोड” मानव जातिको साझा भाग्य समुदायको निर्माण गर्ने व्यवहार बनेको छ र त्यसले अन्तर्राष्ट्रिय समाजको व्यापक स्वागत पाएको छ।

 

दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको अवधिमा राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको झैं, “बेल्ट एण्ड रोड”का साथीहरु बढ्दै छ, सहयोगको गुणस्तर अझ उच्च बन्दै छ र विकासको भविष्य उज्यालो हुँदैछ।