राष्ट्राध्यक्ष सी र क्रोएसियाका राष्ट्रपतिबीच दौत्य सम्बन्ध स्थापनाको ३०औं वार्षिकोत्सवमा बधाई साटासाट
2022-05-14 17:43:00cri
Share with:

चीन र क्रोएसियाबीचको दौत्य सम्बन्ध स्थापित भएको ३०औं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र गणतन्त्र क्रोएसियाका राष्ट्रपति जोरन मिलानोभिकले मे १३ तारिख एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

 

चीन र क्रोएसिया बीचको दौत्य सम्बन्ध स्थापित भएको ३० वर्षयता दुवै पक्षले आपसी सम्मान तथा समान रुपमा एक अर्कालई व्यवहार गरेको छ। दुई देश बीचको सम्बन्ध अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको परीक्षा पार भएको छ। मैले चीन-क्रोएसिया सम्बन्धको विकासलाई उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपति मिलानोभिकसँगै मिलेर चीन-क्रोएसिया सम्बन्धको अरु ठूलो विकास गर्न दुई देश र दुई देशका जनताका लागि हित कल्याण सिर्जना गर्ने इच्छा लिएको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

 

यसै बीच राष्ट्रपति मिलानोभिकले क्रोएसिया-चीन सम्बन्ध स्थापित भएदेखि दुई देशका विभिन्न क्षेत्रमा रहेको आपसी हितयुक्त सहयोगमा स्पष्ट उपलव्धि हासिल भएको भन्दै दुवै पक्षले निरन्तर रुपमा हातमा हात मिलाएर द्वीपक्षीय सम्बन्धमा नयाँ उपलव्धि हासिल गर्न अघि बढाउने विश्वास आफूले लिएको प्रकट गर्नुभयो।