केन्द्रीय विदशी कार्य परिषद गठनको चौथो वर्षगाँठ
2022-05-15 17:12:49cri
Share with:

चार वर्षअघिको मे १५ तारिख केन्द्रीय विदशी कार्य परिषदको प्रथम बैठकको आयोजना गरिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले यस बैठकको अध्यक्षता गर्नुभएको थियो। यस बैठकले संस्थाहरुको नयाँ चरणको सुधारमा तोकिएको केन्द्रीय विदशी कार्य परिषदको औपचारिक गठनको द्योतकत्व गर्नुका साथै नयाँ युगमा चीनको कूटनीतिक कार्यका लागि ‘टप डिजाइन’ गरेको छ। विगत चार वर्षयता जटिल अन्तर्राष्ट्रिय परिस्थिति तथा धेरै पटक परिणत भएको कोरोना महामारी लगायत चुनौतीको सामना गर्दै चिनियाँ विशेषतायुक्त कूटनीतिले सी चिन फिङ कूटनीतिक विचारधाराको नेतृत्वमा दृढताका साथ अघि बढेर परिवर्तित स्थितिमा नयाँ स्थितिको सिर्जना गरी निरन्तर रुपमा विकास गर्दै आएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवशेनदेखि सी चिन फिङलाई केन्द्रमा राखिएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा चीनको विदेशी कार्यले ऐतिहासिक उपलव्धि हासिल गरी  चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीतिक कार्यको नयाँ मार्ग पच्छ्याएको छ। विगत केही वर्षसम्म चीनको कूटनीतिक कार्यको विकासको पुनरावलोकन गर्दा चिनियाँ जन विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध इन्स्टिच्युटका कूटनीतिक शिक्षा विभागका प्राध्यापक वाङ यी वैले बोल्दै चीनको कूटनीतिक कार्यका लागि केन्द्रीय विदशी कार्य परिषदको पहिलो बैठकमा राष्ट्राध्यक्ष सीले जोड दिनुभए झैं, चीन र विश्वको विकासको प्रवृति बुझ्नुपर्छ र भविष्यमा सामना गर्नसक्ने जोखिम र चुनौतीको समुचित रुपमा समाधान गर्नुपर्छ, भन्नुभयो।