नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
2022-05-16 15:46:21cri
Share with:

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गर्नु भएपछि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ।

हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ। बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता छ। अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको छ।


विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यवसायिक उडान भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो। यस विमानस्थलमा पहिलो व्यवसायिक हवाई उडान सञ्चालन गरेको जजीरा एयरलाइन्सको उक्त विमानबाट आएका सबै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो।

जजीरा एयरलाइन्सले हप्ताको तीन वटा उडान सञ्चालन गर्ने अनुमति लिएर आफ्नो तालिका अनुसार सोमबारदेखि उडान सञ्चालन सुरु गरेको हो। विमानस्थल उद्घाटनको क्रममा प्रधानमनत्री शेरबहादुर देउवाले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि काठमाडौं पुग्नु पर्ने बाध्यता हटेको बताउनुभयो। यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्ने उनले बताए। नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिष्पर्धी बनाइने पनि देउवाले बताउनुभयो।

वि स २०७१ मघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको हो।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गर्नु भएको छ। छन्। त्यहाँ आयोजिक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्नु भएको हो। पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ।

यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्ध जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो। यसवर्षको बुद्ध जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।