शिल्ड मेसिनः चिनियाँ प्रविधिको विकास
2022-05-16 14:52:06cri
Share with:

शिल्ड मेसिनको आधिकारिक नाम फुल-फेस सुरुङ उत्खनन मेसिन हो। सामान्यतया, यो मेसिन कम देखिन्छ। किनकि यो मेसिन सबवे, रेलवे, राजमार्ग र सुरुङ आदिको निर्माण गर्न भूमिगत वा गुफामा प्रयोग गरिन्छ। यसको प्रणाली जटिल र एकीकृत भएको हुनाले यसको उत्पादन निकै कठिन छ। 

२० वर्षअघिसम्म ठूला परियोजनाको निर्माणमा चीनमा शिल्ड मेसिन मुख्यतः विदेशबाट आयातित गरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा चीन आफैले यस्ता मेसिनको विकास गर्दैआएको छ। गत वर्षसम्म, चीनको स्व-निर्मित शिल्ड मेसिनले घरेलु बजारमा ९० प्रतिशत र विश्वव्यापी बजारमा ७० प्रतिशत भाग ओगट्न सफल भएको छ।

चीनले नेपालमा सुरुङ, राजमार्गलगायतका धेरै परियोजनाको निर्माण गरेको छ वा गरिरहेको छ। यो शिल्ड मेसिनको प्रयोग अझै प्रभावकारी र उपयक्त हुने छ।