गौतमबुद्ध विमानस्थलमा ४ सय बढी यात्रु बोक्ने जहाज पनि अवतरण गर्नसक्ने
2022-05-18 15:34:07cri
Share with:

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा विमानस्थलमा बोइङ ७७७ समेत उडान अवतरण गर्न सक्ने बताएको छ। ३ हजार मिटर लम्बाइको विमानस्थलमा एकै पटक ४२४ यात्रु बोक्नसक्ने बोइङ ७७७ उडान अवतरण गर्न सक्ने जनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

गौतम बुद्ध विमानस्थलमा वायुयान उडान सुरक्षाको लागि आवश्यक पर्ने आधुनिक उड्डयन सहायक उपकरण आईएलएस समेत रहेकाले ठूला जहाज अवतरण गर्न सक्ने प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्ण बताउनुहुन्छ। 

विमानस्थलमा एयरबस ३३० अवतरण गरिसकेको छ। प्राधिकरणले यस्ता सबै विमान उडान तथा अवतरण गर्नसक्ने उल्लेख गरेको छ। ‘सन् १९५८ जुलाई ८ बाट आन्तरिक विमानस्थलको रुपमा सेवा दिँदै आएको भैरहवा विमानस्थल नेपालको क्षेत्रीय हबको रुपमा रहँदै आएको छ,’ कर्ण भन्नुहुन्छ, ‘विश्वलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्ने सम्पर्क माध्यम समेत हो।’

गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान सुरु भएको छ।