अमेरिकाले ताइवान मुद्दामा आफ्नो विश्वासनीयता चुकाउँदै गएको चीनको भनाइ
2022-05-18 19:18:54cri
Share with:

अमेरिकी नौसेनाका जनरल माइकल गिल्डेले भन्नुभयो कि “ताइवानले चीनको मुख्य भूमिबाट सम्भावित खतराहरूबाट जोगाउन हतियार र प्रशिक्षण सहित आफ्नो सैन्य क्षमताहरू अत्यावधिक गर्नुपर्छ। यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेन पिनले मे १८ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी पक्षको असान्दर्भिक टिप्पणीले ताइवान मामिलामा चीनप्रतिको अमेरिकी पक्षको प्रतिबद्धताको उल्लङ्घन भएको र चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताउनुभयो।

प्रवक्ता वानले भन्नुभयो, "अमेरिकी पक्षले ताइवान चीनको हिस्सा भएको स्वीकार गरेको छ, अर्कोतर्फ यसले ताइवान विरुद्ध चीनको मुख्य भूमिको आक्रमणको तथाकथित खतरालाई बढाइचढाइ गर्दछ। 'ताइवानको स्वतन्त्रता'लाई समर्थन गर्दैन र त्यही समयमा अमेरिकाले आफ्नो सरकारी वेबसाइटमा 'ताइवान चीनको एक हिस्सा हो' जस्ता कुरा हटाउँदैछ।

अमेरिकी पक्षको यस्तो आत्म-विरोधात्मक व्यवहारले एक चीन” नीतिलाई समर्थन गर्ने अमेरिकी पक्षको दावीको गम्भीरता र प्रभावकारितामाथि प्रश्न उठाएको छ। विश्वासघातले आफ्नै छविलाई मात्र हानि गर्दैन, त्यसमा अरुले पनि मूल्य चुकाउनुपर्छ।