ब्रिक्स मुलुक मन्त्री स्तरिय बैठकको अध्यक्षता चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले गर्नुहुने
2022-05-19 11:28:16CRI
Share with:

ब्रिक्स मुलुक मन्त्री स्तरिय बैठक मे १९ तारिख भिडियो कन्फरेन्सको रूपमा आयोजना हुँदै छ। चीनका परराष्ट्र मन्त्री वाङ यीले सो बैठकको अध्यक्षता गर्नुहुने भएको छ। उक्त जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले १८ तारिख दिनुभएको हो। बैठकमा दक्षिण अफ्रिका, ब्राजिल, रूस तथा भारतका विदेश मन्त्रीहरूले भाग लिनुहुने छ। सो अवधिमा, ब्रिक्स मुलुकका विदेश मन्त्रीहरूले उदीयमान बजारमूलक मुलुक र विकासोन्मुख मुलुकका विदेश मन्त्रीहरूसँग "ब्रिक्स प्लस" को ढाँचामार्फत वार्ता गर्नुहुने पनि जनाइएको छ।