१० महिनामा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब पुग्यो
2022-05-21 16:08:29cri
Share with:

चालू आर्थिक वर्षको १० महिना अवधिमा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले विदेशबाट १६ खर्ब ५ अर्बको वस्तु आयात गरेको हो। सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्बको वस्तु विदेश पठाएको नेपाल खबर अनलाइनले लेखेको छ। 

चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै बढेको देखिएको छ। निर्यातको मात्रा बढे पनि व्यापार घाटाको खाडल भने धेरै रहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो। शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘धेरैलाई लाग्न सक्छ वस्तु आयात अहिले यही समयमा धेरै भइरहेको छ तर यो पहिलेदेखि निरन्तर भइरहेको छ।’

गत वर्षको यही अवधिमा १ अर्ब ८ अर्ब ४८ करोडको निर्यात भएको थियो। त्यस्तै गत आर्थिक वर्षको दश महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको थियो।

https://nepalkhabar.com/economy/131383-2022-5-20-17-3-50